नियम १६
बढुवाको लागि आवश्यक शैैक्षिक योग्यता
: (१) सैनिक विविध सेवाकोपदमा बढुवाको लागि आवश्यक पर्ने शैक्षिक योग्यता नियम १३ को उपनियम (१) को खण्ड (ग) मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) लेखा समूहको महासेनानी र सोभन्दा माथिका पदमा बढुवा हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा वाणिज्यशास्त्र, व्यवस्थापन, अर्थशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाका बखत लेखा समूहका प्रमुख सेनानी वा सोभन्दा माथिको पदमा कार्यरत अधिकृतको हकमा स्नातकोत्तर तह उत्तीर्ण नगरेको भए तापनि यो नियमावली प्रारम्भ भएको मितिले चार वर्षसम्म माथिल्लो पदमा बढुवा हुन बाधा पर्ने छैन ।
(४) बन्दोबस्ती कार्य समूहको उपसेनानी पदमा बढुवा हुनको लागि कम्तीमा एस.एल.सी वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ ।
तर, यो नियमावली प्रारम्भ भएको मितिले पाँच वर्षसम्म एस.एल.सी. वा सो सरह उत्तीर्ण नगरेको भए तापनि एकतह माथिको पदमा बढुवा हुन बाधा पर्ने छैन ।